२ कार्तिक २०८१, शुक्रबार

कोरोना संक्रमितको संख्या ४० हजार नाघ्यो

प्रकाशित मिति :  1 September, 2020 4:29 pm


काठमाडौं,१६ भदौ । 

कोरोना संक्रमितको संख्या ४० हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निमित पत्रकार सम्मेलनमा प्रवक्ता जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १०६९ जनामा कोरोना संक्रमित भेटिएसँगै कुल संक्रमितको संख्या ४०,५२९ जना पुगेको जानकारी दिए ।

संक्रमित मध्य २२,१७८ जना निको भएका छन् । यो कुल संक्रमित संख्याको ५५ प्रतिशत हो । पछिल्लो २४ घण्टामा १२,०८८ जनामा पीसीआर परीक्षण गरिएको छ भने ७६८ जना संक्रमण निको भएर घर फर्किएका छन् ।

काठमाडौं उपत्यकामा ४८१ जना संक्रमित थपिएका छन् । जसमा काठमाडौं जिल्लामा मात्रै ३९३, भक्तपुरमा ३० र ललितपुरमा ५८ जना थपिएका हुन् ।



प्रतिक्रिया दिनुहोस !