२ कार्तिक २०८१, शुक्रबार

पछिल्लो २४ घण्टामा कोरोना संक्रमित ११ जनाको मृत्यु,मृतकको संख्या २३९ पुग्यो

प्रकाशित मिति :  1 September, 2020 4:44 pm


काठमाडौं,१६ भदौ ।  पछिल्लो २४ घण्टामा कोरोना संक्रमित ११ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा कोरोना संक्रमण भएसँगै कुल मृतकको संख्या २३९ पुगेको जानकारी दिए । पछिल्पो पटक मृत्यु हुनेमा ४ वर्षीय बालिका र १० जना पुरुष रहेका छन् ।

प्रवक्ता गौतममा महोत्तरीमा ४ वर्षीय बालिका र एक जना पुरुष, सिराहामा १ जना,पर्सामा ३ जना,बारमामा १ जना, काठमाडौंमा २ जना र मकवानपुरमा १ जना पुरुषको मृत्यु भएको प्रवक्ता गौतमले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !