३ आश्विन २०८१, बिहिबार

विश्व स्वास्थ्य संगठन देशव्यापी हुने लकडाउनको विपक्षमा, महमारीसँगै हिड्न सिक्नुपर्नेमा जोड

प्रकाशित मिति :  2 September, 2020 7:39 am


काठमाडौं,१७ भदौ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) देशव्यापी रुपमा हुने लकडाउनको विपक्षमा देखिएको छ भने खोपले मात्रै महामारी नरोकिने पनि स्पष्ट पारेको छ ।

डब्लुएचओले महामारीसँग अगाडि बढ्न सिक्नु नै महामारी नियन्त्रणको बाटो भएको बताएको छ ।

विश्व स्वास्थ्य संगठनका यूरोप क्षेत्रीय निर्देशक हेन्स क्लूगले स्काई न्यूजसँग भनेका छन्, “महामारीमाथी विजय हासिल गर्नका लागि खोपबाट मात्रै सम्भव हुने छैन । महामारीमाथी हामीले त्यतिबेला विजय हासिल गर्नेछौं जब महामारीसँगै रहन सक्ने छौं र यो हामी भोलीदेखि नै गर्न सक्ने छौं ।”

कोरोना महामारीको दोस्रो चरणबाट बच्नका लागि फेरि लकडाउन गर्नुपर्ने हुन सक्छ कि ? भन्ने प्रश्नमा उनले भनेका छन्,” मलाई विश्वास छ कि यसको आवश्यकता पर्ने छैन तर स्थानीय स्तरमा हुने लकडाउनको सम्भावनालाई भने नजरअन्दाज गर्न सकिदैन ।”

पछिल्लो समय यूरोपका केही मुलुकमा कारोना खोप र लकडाउनको विरोधमा प्रर्दशन भइरहेकी बेला डब्लुएचओका यूरोप निर्देशकको यस्तो धारणा सार्वजनिक भएको हो ।

यूरोपको सन्दर्भमा बोल्दै निर्देशक क्लूगल खोपविना पनि यूरोप कोरोना भाइरसको संक्रमणसँग जुध्न सक्ने दाबी गरेको छ । तर यसका लागि स्थानीय रुपमा लकडाउनको आवश्यकता हुनसक्ने उनको भनाई छ । ड्ब्लुएचओका यूरोप निर्देशकले यूरोपमा कोरोना रोकथामका लागि राष्ट्रीय स्तरमा लकडाउन लगाउनेको आवश्यकता पनि नहुँने बताएका छन् ।

 

 



प्रतिक्रिया दिनुहोस !