२ कार्तिक २०८१, शुक्रबार

पछिल्लो २४ घण्टामा थप १,१२० कोरोना संक्रमित, १,०१२ निको

प्रकाशित मिति :  2 September, 2020 4:29 pm


काठमाडौं,१७ भदौ ।

देशभर थप १,१२० जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा १,१२० जना संक्रमित भेटिएको जानकारी दिए ।

काठमाडौं उपत्यकामा ३८८ जना संक्रमित थपिएका छन् । जसमध्य काठमाडौं जिल्लामा ३५०, ललितपुरमा २९ र भक्तपुरमा ९ जना संक्रमित थपिएका छन् ।

यससँगै जम्मा कोरोना संक्रमितको संख्या ४१,६५९ पुगेको छ । त्यस्तै कोरोना संक्रमित निको भएर पछिल्लो २४ घण्टामा १,०१२ जना निको भएर घर फर्किएका छन् ।



प्रतिक्रिया दिनुहोस !