२ कार्तिक २०८१, शुक्रबार

कोरोना संक्रमित थप १२ जनाको मृत्यु

प्रकाशित मिति :  2 September, 2020 4:42 pm


काठमाडौं,१७ भदौ ।

कोरोना संक्रमित थप १२ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता जागेश्वर गौतमले ६ पुरुष र ६ महिलासहित १२ जनाको मृत्यु भएको जानकारी दिए ।

मृत्यु हुनेमा चितवनमा ३, काठमाडौंमा ३,ललितपुरमा १, भक्तपुरमा १,कपिलवस्तुमा १,बारामा १,तनहुँमा १, धादिङमा १ जना रहेका छन् । यससँगै कोरोना संक्रमित मृतकको संख्या २५१ पुगेको छ । यो कुल संक्रमित संख्याका ०.६ प्रतिशत हो ।



प्रतिक्रिया दिनुहोस !