१२ कार्तिक २०८१, सोमबार

११८ जना कैदीबन्दीमा कोरोना संक्रमण, १ जनाको मृत्यु

प्रकाशित मिति :  2 September, 2020 6:48 pm


काठमाडौं,१७ भदौ । 

देशभर अहिलेसम्म ११८ जना कैदीबन्दीमा कोरोना संक्रमणको पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ ।

गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले आज जारी गरेको विज्ञप्तिमा संक्रमित मध्य ४९ जना निको भएको र ६९ जनाको उपचाररत रहेकोमा एक जनाको मृत्यु भएको जानकारी गराइएको छ ।

मन्त्रालयले कारागारहरुमा संक्रमणको थप जोखिम हुन नदिन, रोकथाम र नियन्त्रणका लागि हरसम्भव प्रयास गर्न तथा संक्रमित कैदीबन्दीहरुको उपचारका लागि आवश्यक व्यवस्था गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको जनाएको छ ।

मन्त्रालयले मन्त्रालयको आवश्यक निर्देशन प्रभावकारी कार्यान्वयन गर्न भन्दै निरन्तर ताकेता तथा अनुगमन भईरहेको पनि विज्ञप्तिमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस !