५ माघ २०८१, शनिबार

रेलमार्गको ठेक्का तत्काल रोकेर छानिवन गर्न कांग्रेस नेता पौडेलको माग

प्रकाशित मिति :  2 September, 2020 7:57 pm


काठमाडौं,१७ भदौ

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँकडभिट्टा-इनरुवा रेलमार्गको ठेक्का प्रक्रिया तत्काल रोकेर छानविन गर्नुपर्नेमा जोड दिएका छन् ।

आज विज्ञप्ति निकाल्दै पौडेलले हचुवाको भरमा ठेक्का दिइएको भन्दै लेखा समिति, विकास समिति र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमार्फत न्यायिक छानविन गर्नुपर्ने माग गरेका हुन् ।

नेता पौडेलको विज्ञप्तिमा निश्चित ठेकेदारलाई मात्रै योग्य बनाएर हचुवाका भरमा रेलमार्ग निर्माणको दिने तयारीले सरकारको भूमिकाले नीतिगत तथा संस्थागत भ्रष्टाचारलाई प्रोत्साहन गरेको प्रष्ट भएको उल्लेख छ ।

रेलमार्ग निर्माण परियोजनाका लागि निर्माणस्थलको धरातल तय भइनसकेको र सार्वजनिक खरिद ऐन तथा खरिद नियमावलीविपरीत खुला प्रतिस्पर्धा नगराई निश्चित ठेकेदार कम्पनीलाई पोस्ने गरी ठेक्का दिनु अनुचित भएको पौडेलको भनाइ छ ।

जग्गाको मुआब्जा समेत वितरण नगरी आवश्यक गृहकार्य र तयारीबिना ठेक्कापट्टामा हतारिनुले गर्नुले राष्ट्रिय ढुकुटीको ब्रम्हलुट गर्न खोजिएको पौडेलको दाबी छ । उनले हचुवाका भरमा ३५ अर्ब रुपैयाँ अनुचित रुपमा खर्च गर्न खोजिएको बताएका छन् ।



प्रतिक्रिया दिनुहोस !