रुपन्देहीको सैनामैनाकी कोरोना संक्रमित एक महिलाको मृत्यु
अनिल सापकोटा,
सैनामैना(रुपन्देही), १८ भाद्र ।
रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको आइसोलेसनमा एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।
रुपन्देहीको सैनामैना ११ सालझण्डी(बनकट्टा)की ७७ वर्षीया महिलाको उपचारका क्रममा बिहिबार बिहान साढे ४ बजे मृत्यु भएको कोरोना विशेष अस्पताल बुटवलका फोकल पर्सन डा. सुदर्शन थापाले जानकारी दिए ।
तीन दिनदेखि खोकी लाग्ने, ज्वरो आउने भएपछि बुधबार सालझण्डीको स्थानिय मेडिकल जचाउदा बुटवल लैजान सुझाएपछि बुधबार साँझ ७ बजे प्रादेशिक अस्पताल पुर्याइएको र अस्पतालमा इमरजेन्सी एक्स्पर्ट टेस्टबाट पीसीआर परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो ।
कोरोना विशेष अस्पतालमा बेड र भेन्टिलेटर दुवै खाली नभएर प्रादेशिक अस्पतालकै आइसालेसनमा राखी उपचार गरिएको थियो । श्वासप्रश्वासमा समस्या भएपछि उनलाई अक्सिजन दिई उपचार भइरहदा श्वास लिन नसकेपछि मृत्यु भएको डा. थापाले बताए ।
महिलाको कोरोना संक्रमणबाट मृत्यु भएपछि सैनामैना ११ को बनकट्टा टोल शिल गरिएको वडाअध्यक्ष सुनिल मरासीनीले जानकारी दिए ।
“हामीले शिल गरिएको क्षेत्रमा मानिसको आवतजावत ठप्प पारेर दुध संकलन गर्ने कार्य पनि केही दिनका लागि बन्द गर्न भनेका छौ । प्रक्रिया पुर्याएर कन्ट्रयाक ट्रेसिङको काम अघि बढाइसकेका छौँ,” वडा अध्यक्ष मरासीनीले भने ।
सैनामैनामा कोरोना संक्रमणबाट मृत्यु भएको यो पहिलो घटना हो ।
p