३ आश्विन २०८१, बिहिबार

रुपन्देहीमा घुस लिएको आरोपमा वडाध्यक्ष पक्राउ

प्रकाशित मिति :  3 September, 2020 7:47 pm


रुपन्देही ,१८ भदौ ।

सेवाग्राहीसँग घुस लिएको अभियोगमा रुपन्देहीको रोहिणी गाउँपालिका –२ का वडाध्यक्ष सरोजकुमार पाण्डेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।

सहकारीबाट अनुदानका लागि सहजीकरण गरिदिए वापत सेवाग्राहीसँग ४५ हजार रुपैयाँ घुस मागेको र २० हजार रुपैयाँ लिइसकेको प्रमाणका आधारमा वडाध्यक्ष पाण्डेलाई नियन्त्रणमा लिइएको आयोग बुटवल कार्यालयका सूचना अधिकारी सुरेश भुसालले जानकारी गराएका छन् ।

अख्तियारले पाण्डेलाई वडा कार्यालय परिसरबाटै नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको बताएको छ ।



प्रतिक्रिया दिनुहोस !