२ कार्तिक २०८१, शुक्रबार

जुम्लाका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापालाई कोरोना संक्रमण पुष्टि

प्रकाशित मिति :  3 September, 2020 9:31 pm


जुम्ला ,१८ भदौ ।

जुम्लाका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

आज बिहान परीक्षणका लागि स्वाब दिएका थापाको ६ बजे कोरोनाको रिपोर्ट पोजेटिभ आएको हो । उनले भने , “जनताको जीवनको सुरक्षा गर्ने सिलसिलामा काँधमा आएको जिम्मेवारी पूरा गर्न र जिल्लाभित्रका विभिन्न स्थानीय तहले निर्माण गरेका आइसोलेसन अनुमगन गर्दा कोरोना पुष्टि भयो । ”

प्रजिअ थापालाई अहिलेसम्म कोरोना संक्रमणको कुनै लक्षण नदेखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला निर्देशक मंगल रावले बताए । संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेसनमा बसेका छन् । रासस



प्रतिक्रिया दिनुहोस !