३ आश्विन २०८१, बिहिबार

तनावपछि ललितपुरमा कर्फ्यू,प्रहरीले गोलीसम्म हान्न सक्ने

प्रकाशित मिति :  3 September, 2020 9:41 pm


काठमाडौं,१९ भदौ ।

जिल्ला प्रशासन कार्यालय, ललितपुरले कर्फ्यू आदेश जारी गरेको छ ।

रातो मछिन्द्रनाथको रथयात्राका विषयमा पुल्चोक क्षेत्रमा दिनभर तनाव भएपछि प्रशासनले आज विहान ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यू आदेश जारी गरेको हो ।

कफ्र्यू आदेश जारी भएको क्षेत्र भित्र उपरोक्त मिति र समयमा आवातजावत गर्न,भेला हुन, जुलुस निकाल्ने जस्ता कार्य गर्न निषेध गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टद्धारा जारी आदेशमा भनिएको छ, “यो आदेशको उल्लघंन गरि घर बाहिर निस्केमा वा अन्य काम गरेमा सुरक्षाका लागि खटिएका सुरक्षा अधिकारीले गोली समेत हान्न सक्नेछन् ।”



प्रतिक्रिया दिनुहोस !