३ आश्विन २०८१, बिहिबार

बाँकेमा कोरोना संक्रमण निको हुने दर ७० प्रतिशत

प्रकाशित मिति :  4 September, 2020 7:41 am


बाँके,१९ भदौ ।

बाँकेमा कोरोना संक्रमण  निको हुने दर ७० प्रतिशत रहेको छ ।

देशभर कोरोना संक्रमित निको हुने दर ५६ प्रतिशत छ । बाँकेमा भने अहिलेसम्म निको भएर ७० प्रतिशत व्यक्ति घर फर्किएको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

बाँकेमा अहिलेसम्म १,१३९ जना कोरोना संक्रमित भेटिएका छन् जसमा निको भएर ८०३ घर फर्किएका छन् । ६ जनाको मृत्यु भएको छ यो कुल संक्रमित संख्याको ०.५३ प्रतिशत हो ।

संक्रमण दर ०.१९ प्रतिशत रहेको फोकलपर्सन श्रेष्ठले जानकारी दिए ।  आज मात्रै २० जना कोरोना जितेर घर जाँदैछन् । संक्रमित अब बाँकेमा आइसोलेसनमा ३३० जना रहेका छन् ।



प्रतिक्रिया दिनुहोस !