३ आश्विन २०८१, बिहिबार

नागार्जुनका मेयरलाई कोरोना भएपछि नेविसंघका पूर्व महामन्त्रीसहित १५० जना कन्ट्र्याक ट्रेसिङ्गमा

प्रकाशित मिति :  4 September, 2020 12:18 pm


काठमाण्डौं ,१९ भदौ ।

नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री मनोजमणी आचार्यसहितको टोली कन्ट्याक कन्ट्र्याक ट्रेसिङ्गमा परेका छन् । उनीहरु सबै यही मंगलबार नागार्जुन-६ सप्तरङीमा आयोजना भएको रक्तदान कार्यक्रममा सहभागि भएका थिए ।

काठमाडौंको नागार्जुन नगरपालिकाका मेयर मोहन बस्नेत र नागार्जुनका वडा नम्बर- ६ का वडा अध्यक्षलाई कोरोना संक्रमण पुष्टि भएपछि झण्डै १५० जना कन्ट्र्याक ट्रेसिङ्ग परेका हुन् ।

मेयर बस्नेत र र वडा अध्यक्षको दुई दिन पहिले पीसीआर रिपोर्ट नेगेटिभ आएको थियो र तर दुई दिन पछि त्यही रिपोर्ट पोजेटिभ आएपछी रक्तदानमा सहभागी आचार्यसहितका झण्डै १५० जना होम क्वारेन्टाइनमा बसेका छन् । दुई दिनकै बीचमा परीक्षणमा फरक नतिजा आएपछि टेकु अस्पतालले गम्भीर लावरपाही गरेको आचार्यको भनाई छ ।

सहभागि भएका मेयर मोहन बस्नेत,वडा अध्यक्ष राजेन्द्र बुढाथोकीसँग रक्तदान कार्यक्रममा सहभागि सबै क्वारेन्टाइनमा बसेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा आचार्यले आफूसहित माधव ढुङेल, मनोज भारती,सुशीला अधिकारी,कस्तुप पन्त,शिव लम्साल, खिला कार्की,माधब अधिकारी,दुर्गा गौतम,दिपक श्रेष्ठ,देबेन्द्र गिरी अजय लामिछाने लगायत झण्डै १५० जना व्यक्ति होस क्वारेन्टाइन बसेका हुन् । उनले आफूहरुमा कुनै लक्षण नदेखिएपनि परीक्षणको पर्खाइमा रहेको आचार्यले बताएका छन् ।

आचार्यले भनेका छन्,”करिब १५० जना रक्तदाता सहित हामी ३ दिन देखि होम आइसोलेसन मै छौँ। हाम्रो स्वास्थ ठिक छ। कुनै लक्षण देखिएको छैन । हामी परिक्षणको पर्खाईमा छौँ ।”

कोरोना संक्रमणको पुष्टि भएपछि बस्नेत मेयर र वडा अध्यक्ष बुढाथोकी होम आइसोलेशनमा बसेका छन् ।



प्रतिक्रिया दिनुहोस !