५ आश्विन २०८१, शनिबार

सुन प्रतितोला १ सयले घट्यो

प्रकाशित मिति :  4 September, 2020 1:12 pm


काठमाडौ, १९ भदौ । नेपाली बजारमा सुनको मुल्य प्रतितोला १ सयले घटेको छ । शुक्रबार छापाबाल सुनको मुल्य प्रतितोला १ सयले घटेर ९६ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ । बिहीबार सुन प्रतितोला ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै बिहीबार प्रतितोला ९६ हजार रुपैयाँमा कारोबार भएको तेजावी सुनको मूल्य आज ९५ हजार ९ सयमा कारोकार भइरहेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ३ सय ४५ मा कारोबार भएको चाँदीको मुल्ये आज१ हजार ३ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

अन्र्तराष्ट्रिय बजारमा सुनको मुल्यमा घटबढ भएकोले त्यसको प्रत्यक्ष्य असर नेपाली बजारमा पनि पर्ने भएकाले अहिले सुनको मुल्य घट्दो क्रममा रहेको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !