३ आश्विन २०८१, बिहिबार

भारतीय सेना प्रमुखले लद्दाख पुगेर भने, ‘चीनसँग तनावपूर्ण स्थिति छ तर छलफल गरिरहेका छौं’

प्रकाशित मिति :  4 September, 2020 1:38 pm


काठमाण्डौं ,१९ भदौ । 

भारतका सेना प्रमुख जनरल एमएम नरवणेले चीनसँग तनावपूर्ण स्थिति रहेको बताएका छन् । उनले तनाव कम गर्न भारतले कूटनीतिक र सैन्य दुबै किमिसले सम्पर्कमा रहेको समेत बताएका छन् । सेनाप्रमुख नरवणे भारत-चीन सीमा विवाद भइरहेका बेला लद्दाखमा पुगेका छन् ।

समाचार एजेन्सी एएनआईसँग उनले भनेका छन्, “पछिल्लो दुईतीन महिनादेखि स्थिति केही तनावपूर्ण अवस्था छ । हामीले चीनसँग सैनिक तथा कूटनीतिक तहमा सम्पर्क बनाइरहेका छौं । छलफल चलिरहेको छ र भविस्यमा पनि यो निरन्तर रहने छ । हामीलाई विश्वास छ कि कुराकानीकै माध्यमबाट हामीबीच भएको मदभेद समाधान हुने छ र हामी यो पनि सुनिश्चित गर्नेछौं कि यथास्थितिमा कुनै परिवर्तन नहोस र हामी आफ्नो हितको सुरक्षा राख्नका लागि समर्थ छौ ।”

उनले भारतीय सैनिकको सुरक्षाका लागि महत्वपूर्ण कदम उठाउने पनि बताएका छन् । उनले भनेका छन्,”यहाँ आएलगत्तै म कतिपय ठाँउमा पुगेको छ । मैले अधिकारी तथा जुनियर अधिकृतहरुसँगपनि कुराकानी गरेको छु र सुरक्षाको तयारी हुने छ । हाम्रा जवानको मनोबल उच्चस्तरमा छ र उनीहरु कुनैपनि चुनौति सामना गर्न तयार छन् ।”

केही दिनपहिले मात्रै भारतको लद्दाखमा सीमा क्षेत्रमा चीनका सेनासँग भारतीय सेनाको झडप भएपछि दुईदेशबीच तनाव जारी छ । तनावकैबीच भारतीय थल सेना प्रमुख नरवणे लद्दाख पुगेका हुन् ।

सम्बन्धित समाचार



प्रतिक्रिया दिनुहोस !