२ कार्तिक २०८१, शुक्रबार

एकै दिन कोरोना संक्रमित १४ जनाको मृत्यु, १,३५९ जनामा कोरोना संक्रमणको पुष्टि

प्रकाशित मिति :  4 September, 2020 4:33 pm


काठमाण्डौं ,१९ भदौ ।

देशभर १,३५९ जना कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा १३,६३८ जनाको पीसीआर परीक्षण गर्दा नयाँ १,३५९ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । काठमाडौं उपत्यकामा ४५२ जना संक्रमित थपिएका छन् ।

जसमध्य काठमाडौं जिल्लामा ३८४,भक्तपुरमा ३६ र ललितपुरमा ३२ जना संक्रमित भेटिएका प्रवक्ता गौतमले जानकारी दिए । यससँगै कोरोना संक्रमितको संख्या ४४,२३६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १,३५४ निको भएर घर फर्किएका छन् । यससँगै कोरोना जितेर घर फर्कनेको संख्या २५,५५६१ पुगेको छ । यो कुल संक्रमित संख्याको ५८ प्रतिशत हो ।

यस्तै २४ घण्टामा कोरोना संक्रमित १४ जनाको मृत्यु भएको छ । जसमा काठमाडौंमा ३ महिला, चितवनमा १ महिलाको मृत्यु भएको छ । त्यस्तै सप्तरीमा २,धुनषामा १, कास्कीमा १, नवलपरासीमा १, प्यूठानमा १, रुपन्देहीमा १, पाल्पामा १ र सुर्खेतमा १ पुरुषको निधन भएको प्रवक्ता गौतमले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !