४ आश्विन २०८१, शुक्रबार

अर्थमन्त्री डा.युवराज खतिवडाद्धारा राजीनामा

प्रकाशित मिति :  4 September, 2020 7:01 pm


काठमाडौं ,१९ भदौ ।

अर्थमन्त्री डा.युवराज खतिवडाले राजीनामा दिएका छन्।

सञ्चार मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका मन्त्री खतिवडाले आफ्नो समयाअवधि सकिनु एक दिन अघि आज प्रधानमन्त्री केपी ओलीलाई भेटेर राजीनामा बुझाएका हुन्।

खतिवडाको राष्ट्रिय सभाको कार्यकाल छ महिना पहिले नै सकिएको थियो । कार्यकाल सकिएपछि उनले  फेरि अर्थमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । यसैबीचमा ७० करोड रुपैयाँको घुस काण्डको अडियो बाहिरिएपछि तत्कालीन सूचना तथा प्रविधि मन्त्री गोकुल बाँस्कोटाले राजिनामा दिएपछि त्यसको जिम्मेवारीपनि खतिवडाले नै सम्हालेका थिए ।

राष्ट्रिय सभामा बाँकी रहेको एक सिटमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमलाई पठाइने भएपछि खतिवडाले राजिनामा दिएका छन् । भोलीदेखि उनी संविधान अनुसार पदमुक्त हुँदै थिए ।

 



प्रतिक्रिया दिनुहोस !