५ आश्विन २०८१, शनिबार

इपानका पूर्वअध्यक्ष गुरागाईंको खतिवडामाथी टिप्पणी, ‘उर्जामा उल्टा आर्थिक नीति ल्याएर जग हँसाएर गए’

प्रकाशित मिति :  4 September, 2020 8:11 pm


काठमाडौं,१९ भदौ ।  

अर्थमन्त्री युवराज खतिवडाबाट राजिनामा आएपछि स्वतन्त्र उर्जा उत्पादक संघ (इपान)का पूर्व अध्यक्ष शैलेन्द्र गुरागाईंले टिप्पणी गर्दै उर्जामा उल्टा आर्थिक नीति ल्याएर जग हँसाएर गएको आरोप लगाएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै गुरागाईंले भनेका छन्, “हामी उर्जा उद्यमीहरु उहाँको नियुक्ति हुँदा सबै भन्दा बढी नाचेका थियौं। उहाँले अर्थमन्त्री हुनु अगाडि हामीसँग धेरै सङ्ख्यामा कार्यक्रम हरुमा उर्जा क्षेत्र विषयमा बोल्नु भएको थियो। सरकार ले के के गर्नु पर्छ, के के हुनु पर्दछ भन्ने आफै भन्नु हुन्थ्यो। तर मन्त्रि भएपछि सबै बिर्सनु मात्र भएन, उर्जामा उल्टा आर्थिक नीति ल्याएर जग हँसाउनु भो।”

गुरागाईंले खतिवडाको कार्यकाल सम्झदै उर्जा क्षेत्रका असाध्य आशा गरेका व्यक्तिबाट यस्तो नतिजा आउँदा सारै दुःख लागेको बताएका छन् ।
अब आउने अर्थमन्त्रीले उर्जालाई सम्बोधन गर्ने उनको विश्वास छ ।

उनले भने,”जे होस् अब आउने अर्थमन्त्री ले वास्तविकता को आधारमा, सत्यताको आधारमा, आवश्यकता को आधारमा यो समृद्धि को आधार उर्जा लाई सम्बोधन गर्नु हुनेछ भन्ने आशा गरेका छौं।”

अप्ठ्यारा परस्थितिबीच पनि आफूहरु अविचलित र सुदृढ ढंगले कार्यरत रहेको भन्दै गुरागाईंले राष्ट्र निर्माणको यात्र मा निष्ठा पूर्वक उज्यालो उत्पादन मा सक्रिय रहने प्रतिवद्धता व्यक्त गरेका छन् ।

सम्बन्धित समाचार

अर्थमन्त्री डा.युवराज खतिवडाद्धारा राजीनामा



प्रतिक्रिया दिनुहोस !