४ आश्विन २०८१, शुक्रबार

अर्थ र सूचना तथा प्रविधि मन्त्री खतिवडाको राजीनामा स्वीकृत, दुबै मन्त्रालय प्रधानमन्त्रीले सम्हाल्ने

प्रकाशित मिति :  4 September, 2020 8:38 pm


काठमाडौं ,१९ भदौ ।

अर्थ र सूचना तथा प्रविधि मन्त्रीबाट डा. युवराज खतिवडाले राजीनामा दिएपछि दुबै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले लिएका छन् ।

खतिवडाले आजै राजीनामा दिएका थिए । राजीनामा स्वीकृत भएपछि  राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कार्यभार प्रधानमन्त्री केपी ओलीले सम्हाल्ने गरी तोकेको राष्ट्रपति कार्यालयले विज्ञप्ति मार्फत जानकारी गराएको छ ।

नयाँ मन्त्री नियुक्त नहुँदासम्म दुबै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीले सम्हाल्ने छन् । नयाँ मन्त्री को हुन्छ भन्नेबारे अझै प्रष्ट भइसकेको छैन ।

प्रधानमन्त्री ओलीले खतिवडालाई निरन्तरता दिन खोजेका थिए । खतिवडाको राष्ट्रिय सभाको कार्यकाल सकिएकाले राष्ट्रपतिबाट मनोनित गर्नुपर्ने थियो । तर, रिक्त पदमा उपाध्यक्ष बामदेव गौतमलाई पठाउने तयारी भएपछि खतिवडा बाहिरिएका हुन् ।



प्रतिक्रिया दिनुहोस !