२ कार्तिक २०८१, शुक्रबार

गण्डकी प्रदेशमा ४४ जना कोरोना संक्रमित थपिए

प्रकाशित मिति :  5 September, 2020 11:10 am


काठमाडौं,२० भदौ ।

गण्डकी प्रदेशमा ४४ जना कोरोना संक्रमित थपिएका छन् ।

नयाँ थपिएका संक्रमित मध्य २२ जना पोखरा उपमहानगरपालिका भित्रका मात्रै छन् । त्यस्तै लमजुङमा १७ जना,बागलुङमा ३ जना, स्याङजामा १ जना र नवलपरासी पूर्वमा ३ जना संक्रमित भेटिएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २,४४७ पुगेको छ ।

संक्रमित मध्य पोखरा महानगरपालिकाका २ जना महिला पश्चिमान्चल सामुदायिक अस्पतालमा कार्यरत रहेका छन् भने पोखरा महानगरपालिका-१७ का २५ बर्षका पुरुष, पोखरा महानगरपालिका-१५ का २८ वर्षीय पुरुष, पोखरा महानगरपालिका-१४ का ४१ र ४४ वर्षीय २ पुरुषहरु र पोखरा महानगरपालिका-२४ का ३१ वर्षीय पुरुषसहित ५ जना भारतबाट आएका निर्देशनालयले जनाएको छ ।

त्यस्तै पोखरा महानगरपालिका-१६ का ५२ बर्षीय पुरुष डाँफे सहकारी संस्थामा कार्यरत कर्मचारी हुन् । लमजुङको बेशीसहरका ४ जना लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचारका लागि भर्ना भएका बिरामी रहेका निर्देशनालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !