३ आश्विन २०८१, बिहिबार

अल्का अस्पतालकी कर्मचारीकाे शव लेलेकाे जंगलमा भेटियो

प्रकाशित मिति :  5 September, 2020 2:49 pm


ललितपुर, २० भदौ।

ललितपुरकाे अल्का अस्पतालमा कार्यरत एक महिला मृत अवस्थामा फेला परेकी छन् ।३९ बर्षिय गीता केसीकाे शव शुक्रबार बेलुका लतिपुरकाे गाेदावरी नगरपालिका १० मुलडाेलस्थित लेलेकाे जंगलमा फेला परेकाे प्रहरीले जानकारी दिएकाे छ ।

महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेकप्रसाद राईका अनुसार उनकाे शव जंगलमा फेला परेको हो । घटनाकाे बिषयमा अनुसन्धान भइरहेकाे उनले जानकारी दिएका छन्।

ललितपुरकाे भैंसेपाटी बस्दै आएकी गीता हराएपछि परिवारले प्रहरीमा उजुरी दिएका थिए । उनकाे शव हराएकाे ४ दिन पछि फेला परेकाे हाे ।  घटनाकाे अनुसन्धानका क्रममा प्रहरीले एक जना युवकलाइ पनि नियन्त्रणमा लिएकाे छ । नियन्त्रणमा लिएका युवक मृतककाे आफन्त भएकाे खुल्न आएको छ । शवलाइ पाेष्टमार्टमका लागि पाटन अस्पतालमा पठाइएकाे प्रहरीले जानकारी दिएकाे छ ।



प्रतिक्रिया दिनुहोस !