३ आश्विन २०८१, बिहिबार

मसाल जुलुसका क्रममा नेविसंघका २१ कार्यकर्ता पक्राउ

प्रकाशित मिति :  18 November, 2019 6:15 pm


काठमाडौँ । भारत र चीनले नेपाली भूमि अतिक्रमण गरेको भन्दै काठमाडौंकाे बालाजु क्षेत्रमा प्रदर्शन गर्ने काँग्रेसको नेविसंघका २१ नेता कार्यकर्ता पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा नेविसंघका निवर्तमान केन्द्रीय सदस्य सुशील भट्ट, निरञ्जन थापा, ईश्वर अधिकारी, सुवास घिमिरे, विजय ढुंगाना, सुल्तान मियाँ, किरण भट्टराई, सन्तोष गुरुङ, पवन थापा, प्रदीपजंग शाहलगायतका नेता कार्यकर्ता रहेका नेविसंघले जनाएकाे छ ।
भारत र चीनले नेपाली भूमि कब्जा गरेको र सो भूमि तत्काल फिर्ता गर्न माग गर्दै सोमबार साँझ बालाजु–बाइपासबाट निकालिएको राँके जुलुस माछापोखरीमा पुगेपछि प्रहरीले हस्तक्षेप गरेको नेविसंघकाे भनाई छ ।



प्रतिक्रिया दिनुहोस !