२ कार्तिक २०८१, शुक्रबार

एक दिनमा १,०४१ जनामा कोरोना संक्रमणको पुष्टि, १,५५६ जना निको भएर घर फर्किए

प्रकाशित मिति :  5 September, 2020 4:30 pm


काठमाडौं, २० भदौ।

देशभर थप १,०४१ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ४५,२७७ पुगेको छ । जसमध्य २७,१२७ जनाले कोरोना जितेका छन् ।

पछिल्लो २४ घण्टामा १२,४७३ जनामा गरिएको परीक्षणमा १०४१ जनामा संक्रमणको पुष्टि भएको हो । आज संक्रमित भन्दा निको भएर जानेको संख्या धेरै छ ।

कोरोना संक्रमित भएका १,५६६ जना पछिल्लो २४ घण्टामा निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो कुल संक्रमित संख्याका ६० प्रतिशत हो । केही समयदेखि कोरोना जितेर घर फर्कनेको संख्या बढीरहेको छ । अहिले देशभर सकृय संक्रमितको संख्या १७,८७० रहेको प्रवक्ता गौतमले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !