३ आश्विन २०८१, बिहिबार

रोल्पामा निको भएको भनिएकी बालिकाको कोरोना रिपोर्ट फेरि पोजेटिभ

प्रकाशित मिति :  5 September, 2020 5:10 pm


रोल्पा, २० भदौ ।

रोल्पामा एक जना व्यक्तिमा दोस्रो पटक परीक्षण गर्दा कोरोना भाइरसको रिपोर्ट पोजेटिभ देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आजको नियमित पत्रकार सम्मेलनका क्रममा रोल्पामा थप एक जना कोरोना संक्रमित भेटिएको जानकारी दिएका थिए । स्वास्थ्य कार्यालय रोल्पाका कोरोना फोकल पर्सन अरुण पार्देले भने संक्रमित व्यक्ति नयाँ नभएको जानकारी गराएका छन् ।

माडी गाउँपालिकाकी मुटु रोगबाट पीडित १६ वर्षीय बालिकामा दोस्रो पटक कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको पार्देको भनाई छ । उनी कार्यालयको तथ्याङमा निको भएकी बिरामीका रुपमा थिइन् । फोकल पर्सन पार्देले भने, “नयाँ व्यक्तिमा देखिएको होइन पुरानै व्यक्तिको रिपोर्ट फेरि पोजेटिभ आएको हो ।”

यसबारे स्वास्थ्य मन्त्रालयमा जानकारी गराईसकेको फोकल पर्सन पार्देको भनाई छ । ति बालिकाको काठमाडौंको गंगालाल ह्रदयरोग केन्द्रमा मुटुको उपचारका क्रममा कोरोना पोजेटिभ देखिएको थियो र पछि निको भएको थियो ।

जिल्ला पुगेपछि दोहोराएर स्वाब संकलन गरि परीक्षण गर्न पठाएपछि रिपोर्ट पोजेटिभ देखिएको हो । फकेल पर्सन पार्देले लुम्बिनी सञ्चारसँग भने, “जिल्ला भित्र र बाहिर गरेर रोल्पाका संक्रमित ८२ जना नै हुन् र सबै निको भइसकेका छन् तर नयाँ संक्रमित बालिक ति ८२ जना भित्रकै हुन् । ”



प्रतिक्रिया दिनुहोस !