४ आश्विन २०८१, शुक्रबार

विप्लव नेतृत्व नेकपा नेता विरही अस्पतालबाट डिस्चार्ज भएलगत्तै पक्राउ

प्रकाशित मिति :  5 September, 2020 8:23 pm


चितवन, २० भदौ ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता अनिल शर्मा ‘विरही’लाई अस्पतालबाट डिस्चार्ज भएलगत्तै प्रहरीले पक्राउ गरेको छ।

चितवनको भरतपुर अस्पतालमा लामो समयदेखि उपचाररत शर्मालाई  आज दिउँसो डिस्चार्ज भएलगत्तै अस्पताल परिसरबाटै प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले धनुषामा शर्मा विरुद्ध मुद्दा रहेकाले पक्राउ गरिएको जानकारी गराएका छन् । नेता विरही वैशाखदेखि नै भरतपुर अस्पतालमा उपचाररत थिए।

लडेर ढाँडमा समस्या भएपछि विरही उपचारका लागि पुरानो मेडिकल कलेज थिए । सोही बेला उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । पछि अदालतले रिहा गर्न आदेश दिएपछि भरतपुर अस्पतालमा शर्मा उपचाररत थिए । तर डिस्चार्ज भएलगत्तै शर्मा पक्राउ परेका छन् ।



प्रतिक्रिया दिनुहोस !