३ आश्विन २०८१, बिहिबार

चीनमा बनेको कोरोना खोपको अन्तिम चरण परीक्षणमा थप ४ देश सहभागि हुने

प्रकाशित मिति :  6 September, 2020 7:07 am


काठमाडौं, २१ भदौ ।

पाकिस्तानसहित ४ देशले चीनमा बनेको कोरोना खोपको अन्तिम चरणको परीक्षण गर्ने कार्यलाई  अनुमोदन गरेका छन् ।

पाकिस्तान र सर्वियाले तेस्रो चरणको परीक्षणका लागि सहमति जनाएका छन् भने अन्य दुई देशका कम्पनीहरुले थप डाटा मागेका छन् । चाइना नेशनल बायोटेक ग्रुप (सीएनबीजी) र साइनोवाक बायोटेक लिमिटेडले थप चार देशले चीनमा बनेको कोरोना खोपको अन्तिम चरणको अन्तिम परीक्षणलाई अनुमोदन गरेको जानकारी गराएको हो ।

चीनले कोरोना खोपको विकास गर्ने दौडमा विश्वव्यापी प्रयासहरू बढाइरहेको छ। चीनमा कोरोना भाइरसको संक्रमण निक कम भएकाले चीनले अन्य देशमा क्लिनिकल परीक्षण गरिरहेको छ ।

सर्वियामा सीएनबीजीलाई दुई किसिमका खोपको परीक्षणको अनुमति दिईएको छ । उक्त खोप वुहान र बेइजिङमा रहेको सीएनबीजी यूनिटले तयार पारेको हो । पाकिस्तानमा बेइजिङ यूनिटले तयार गरेको खोप परीक्षण हुने छ ।

सीएनबीजीको तेस्रो चरणको परीक्षणमा १० देशका झण्डै ५० हजार मानिसहरु परीक्षणमा सहभागि गराईने अनुमान गरिएको छ । संयुक्त अरब इमिरेट्स, बहराइन, पेरु, मोरक्को, अर्जेन्टिना र जोर्डनमा पहिलेदेखि नै खोपको परीक्षण सुरु भइसकेको बीबीसीले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस !