२ कार्तिक २०८१, शुक्रबार

चितवन मेडिकल कलेजमा उपचाररत कोरोना संक्रमित एक व्यक्तिको मृत्यु

प्रकाशित मिति :  6 September, 2020 10:53 am


काठमाडौं, २१ भदौ ।

चितवन मेडिकल कलेजमा उपचाररत कोरोना संक्रमित एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१५ का ७० वर्षीय वृद्ध रहेको अस्पतालले जनाएको छ ।

अस्पतालका निर्देशक डा.दयाराम लम्सालका अनुसार श्वासप्रश्वासमा समस्या देखिएपछि भदौ १२ गते अस्पताल भर्ना भएका ती वृद्धमा १३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

सङ्क्रमण पुष्टि भएपछि अस्पतालको कोभिड सघन उपचार कक्षमा राखी उपचार भइरहेको थियो । आज बिहान ८ बजे उनको निधन भएको हो ।



प्रतिक्रिया दिनुहोस !