२ कार्तिक २०८१, शुक्रबार

गण्डकी प्रदेशमा थप ६९ जनामा कोरोना संक्रमणको पुष्टि,एक जनाको मृत्यु

प्रकाशित मिति :  6 September, 2020 11:47 am


काठमाडौं, २१ भदौ ।

गण्डकी प्रदेशमा थप ६९ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय पोखराले आज जारी गरेको विज्ञप्ति अनुसार गण्डकी प्रदेशका विभिन्न ७ जिल्लामा ६९ जना संक्रमित थपिएका हुन् । संक्रमित भेटिएका मध्य पोखरा उप-महानगरपालिका भित्र मात्रै २० जना रहेका छन् ।

त्यस्तै लमजुङ मा २, बागलुङ मा ३, स्याङ्जामा २२ जना,तनहुँमा ७ जना र गोरखामा २ जना व्यक्तिमा संक्रमणको पुष्टि भएको हो । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २,५१४ पुगेको छ ।

संक्रमित मध्य पोखरा महानगरपालिकाका २ जना महिला पार्कल्याण्ड अस्पताल, अमरसिंह चोकमा कार्यरत स्टाफ नर्स रहेका छन् । त्यस्तै लमजुङ जिल्ला, बेशीसहरका २ जना रिलायन्स फाईनान्समा कार्यरत कर्मचारी रहेको निर्देशनालयले जनाएको छ ।

गोरखाकी एक महिलाको मृत्युपछि कोरोना संक्रमणको पुष्टि भएको छ । गोरखा नगरपालिका-७ निवासी ७६ वर्षीय मृत महिलामा कोभिड-१९ को संक्रमण पुष्टि भएको गण्डकी प्रदेश, जनस्वास्थ्य प्रयोगशालाका निमित्त निर्देशक सपना सुवेदीले जानकारी दिएकी छन् । ति महिलालाई हिजो अचेत अवस्थामा गोरखा अस्पतालमा भर्ना गरिएको थियो ।

ब्रेनह्यामरेज भएकी उक्त महिलामा परीक्षणका क्रममा कोरोना संक्रमणको समेत पुष्टि भएको हो । गोरखा अस्पतालले संक्रमित महिलाको बेलुकी साढे ४ बजे मृत्यु भएको जानकारी गराएको छ । यससँगैगण्डकी प्रदेशमा कोभिड – १९ को संक्रमित मृतकको संख्या १९ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस !