३ आश्विन २०८१, बिहिबार

दाङमा खुकुलो बनाएर निषेधाज्ञाको समय थपियो

प्रकाशित मिति :  6 September, 2020 3:45 pm


दाङ, २१ भदौ ।

दाङमा जारी लकडाउन थप गरिएको छ । जिल्लामा अझै कोरोना संक्रमणको जाखिम रहेको भन्दै केही खुकुलो बनाएर लकडाउन समयआवधि भदौ २८ गतेसम्म थप गरिएको हो ।

भदौ १४ गतेबाट जारी एकहप्ते लकडाउनको समय आज राती १२ बजे सकिदै थियो । अब थप गरिएको लकडाउनको समयमा विहान ६ बजेदेखि १२ बजेसम्म सम्पूर्ण पसल खोल्न पाइने छ ।

साथै निजी सवारी साधन जोर विजोर प्रणाली अनुसार संचालन गर्न पाइने निर्णय भएको प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले जानकारी गराएका छन् ।

सार्वजनिक सवारी सधान भने सञ्चालन गर्न पाइने छैन । बैंकहरु बिहान १० बजेदेखि १२ बजेसम्म खुल्ला गर्न पाइने छ ।



प्रतिक्रिया दिनुहोस !