२ कार्तिक २०८१, शुक्रबार

डल्लुका एकजना कोरोना संक्रमितको मृत्यु

प्रकाशित मिति :  6 September, 2020 4:07 pm


काठमाडौं, २१ भाद्र । 

काठमाडौंको डल्लुमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ। काठमाडौं महानगरपालिका १५ डल्लुस्थित सरस्वतीस्थानका ६८ वर्षीय एक पुरुषको मृत्यु भएको हो ।

उनी मिर्गौलाका विरामी थिए । ललितपुरको पाटन अस्पतालमा नियमित डायलासिस गराउने क्रममा उनको स्वाब संकलन गरी पिसीआर परीक्षण गर्दा १७ गते कोरोना संक्रमण पृष्टि भएको हो ।

कोरोना संक्रमित उनको हिजो बेलुकी ५ बजे होम आईसुलेसनमा मृत्यु भएको हो ।



प्रतिक्रिया दिनुहोस !