२ कार्तिक २०८१, शुक्रबार

पछिल्लो २४ घण्टामा कोरोना संक्रमित हुने भन्दा निको हुने संख्या दोब्बर, थप ९ जनाको मृत्यु

प्रकाशित मिति :  6 September, 2020 4:37 pm


काठमाडौं, २१ भदौ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमित हुने भन्दा निको हुनेको संख्या झण्डै दोब्बर रहेको छ ।

पछिल्लो २४ घण्टामा ९८० जनामा कोरोना संक्रमणको पुष्टि हुँदा १,८१४ जना निको भएर घर फर्किए स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमति पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

यससँगै कोरोना जित्ने संक्रमितको संख्या २८,९४१ पुगेको छ । यो कुल संक्रमितको संख्या ६३ प्रतिशत रहेको छ । काठमाडौं उपत्यकामा ३५४ जना संक्रमित भेटिएका छन् । जसमध्य काठमाडौं जिल्लामा २९०, भक्तपुरमा ३२ र ललितपुरमा ३२ जना संक्रमित भेटिएका प्रवक्ता गौतमले जानकारी दिए ।

यस्तै कोरोना संक्रमित थप ९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २ महिला र ७ पुरुष रहेका छन् । जसमा मोरङमा १ महिला र एक पुरुष, झापामा १ महिला, काठमाडौंमा ३ पुरुष,चितवनमा २ पुरुष,पर्सा र धनुषामा १/१ पुरुषको मृत्यु भएको प्रवक्ता गौतमले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !