३ आश्विन २०८१, बिहिबार

काठमाडौंको वीर अस्पताललाई कोरोना अस्पतालमा परिवर्तन गर्ने सरकारको निर्णय

प्रकाशित मिति :  6 September, 2020 4:48 pm


काठमाडौं, २१ भदौ ।

सरकारले काठमाडौंका वीर अस्पताललाई कोरोना अस्पतालमा परिणत गरेको छ ।

काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या धेरै हुन थालेपछि सरकारले वीर अस्पताललाई कोरोना अस्पतालमा परिणत गर्ने निर्णय गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले भने, वीर अस्पताललाई कोरोना अस्पतालमा परिवर्तन गर्ने निर्णय भएको छ । उक्त अस्पतालबाट सञ्चालन भएका नियमित सेवालाई नजिकैको राष्ट्रिय ट्रमा सेन्टरबाट उपलब्ध गराइने छ ।

साथै विभिन्न कलेजहरुमा स्वास्थ्य विधामा अध्ययनरत विद्यार्थीलाई सरकारले स्वयंसेवकको रुपमा खटाउने निर्णय गरेको प्रवक्ता गौतमले जानकारी दिए । उनले आवश्यकता अनुसार स्वास्थ्य विधामा अध्ययनरत विद्यार्थीलाई खटाइने जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !