४ आश्विन २०८१, शुक्रबार

अबको कृषि सचिव को ? प्रतिस्प्रधामा रहेका तीनै सहसचिव केन्द्रमा सरुवा

प्रकाशित मिति :  7 September, 2020 11:22 am


काठमाडौं, २२ भदौ ।

कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयका कृषि सचिव राजेन्द्र भारीको समयावधि सकिन २ महिना मात्रै बाँकी रहँदा नयाँ कृषि सचिव को बन्ने भन्नेबारे दौड सुरु भएको छ ।

यस पटक सहसचिव योगेन्द्र कुमार कार्की, विमलकुमार निर्मल र गोविन्दप्रसाद शर्मा सचिव बन्ने दौडमा छन् । बढुवाको समय नजिकिदै गर्दा तीनवटै सहसचिव केन्द्रमा सरुवा भएका छन् ।

सरकारले भदौ ९ गते नै निर्मल र शर्मालाई कृषि तथा पशुपन्क्षी विकास मन्त्रालय सरुवा गरेको थियो । सरुवा हुँदा कार्की छुटेका थिए । तर कर्णाली प्रदेश सरुवा भएकी डा. मनिता बैद्यलाई दुई हप्ता नपुग्दै बागमति प्रदेश पठाएर कार्कीलाई केन्द्रमा ल्याईएको छ ।

कार्की कृषि तथा व्यापार आयोजना(प्याक्ट)मा भएको व्यापक अनियमिताको आरोपमा मुछिएपछि विवादित पात्र हुन् । प्याक्टमा व्यापक अनियमिता गरेको आरोपमा राष्ट्रिय सर्तकता केन्द्रले कार्कीलाई नै कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सिफारिस गरिसकेको छ ।

विश्व बैंकले समेत यस परियोजनामा अनियमिता भएको भन्दै सम्बन्धित पदाधिकारीलाई कारबाही गर्न सरकारलाई पत्रकार गरिसकेको छ । अघिल्लो पटक पनि कार्की विवादित छवि भएकै कारण कृषि मन्त्री घनश्याम भुसालको रोजाईमा राजेन्द्र भारी परेका थिए ।

मन्त्रालय स्रोतका अनुसार कार्कीले झण्डै एक महिना पहिलेदेखि नै सचिव बन्न दौडधुप सुरु गरेका छन् । तर आशा गरिएका मन्त्री भुसालले कृषि परियोजना ध्वस्त बनाएको आरोप खेपेका कार्कीलाई सचिव बनाउँदा विवादमा तानिने सम्भावना रहेकाले  कार्कीको निर्णय चुनौति   बनेको छ ।

 



प्रतिक्रिया दिनुहोस !