४ आश्विन २०८१, शुक्रबार

सत्तारूढ नेकपाले स्थगित भएको स्थायी कमिटी बैठक भदौ २६ गते बोलायो

प्रकाशित मिति :  7 September, 2020 11:49 am


काठमाडौं, २२ भदौ ।

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले लामो समयदेखि अवरुद्ध स्थायी कमिटी बैठक भदौ २६ गतेका लागि बोलाएको छ ।

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज विहान भएको भेटमा भदौं २६ गते स्थायी कमिटी बैठक बोलाउने सहमति भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी गराएका छन् ।

गत साउन १३ गतेदेखि अनिश्चितका लागि स्थगित भएको स्थायी कमिटी बैठक २६ गते बस्न लागेको हो। असार १० देखि सुरु भएको स्थायी कमिटी बेठक विवादका कारण पटक पटक अवरुद्ध हँुदै आएको छ ।

साउन १३ गते प्रधानमन्त्री ओलीले एकतर्फी रूपमा स्थायी कमिटी बैठक अनिश्चितकालका लागि स्थगित गरेपनि अर्का अध्यक्ष प्रचण्डले बैठक सञ्चालन गरेका थिए । बैठकमा ओलीबाहेकका २९ जना स्थायी कमिटी सदस्यहरू सहभागि थिए ।

पार्टी भित्रको आन्तरिक विवाद चर्किदै गएपछि दुई अध्यक्षबीच साउन ३० गते कार्यदल बनेपछि विवाद साम्य हुँदै गएको छ । कार्यदलले विवाद समाधानका उपायसहितको प्रतिवेदन दुबै अध्यक्षलाई बुझाईसकेको छ । प्रतिवेदन सचिवालयमा पुगेको छ । अब बस्ने स्थायी कमिटी बैठकमा प्रतिवेदन प्रस्तुत गर्ने तयारी छ ।



प्रतिक्रिया दिनुहोस !