२ कार्तिक २०८१, शुक्रबार

नेपालमा थप ९७९ जनामा कोरोना संक्रमणका पुष्टि,११ जनाको मृत्यु

प्रकाशित मिति :  7 September, 2020 4:36 pm


काठमाडौं, २२ भदौ ।

देशभर २४ घण्टामा नेपालमा थप ९७९ जनामा कोरोना संक्रमणका पुष्टि भएको छ ।

यससँगै कुल संक्रमितको संख्या ४७,२३६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा जानकारी दिए ।

देशभर पछिल्लो २५ घण्टामा कोरोना जितेर घर फर्कनेको संख्या १,७३६ रहेको छ । यससँगै कोरोना संक्रमण निको हुनेको संख्या३०,६७७ रहेको छ । यो कुल संक्रमितको ६५ प्रतिशत हो ।

यस्तै कोरोना संक्रमित थप ११ जनाको मृत्यु भएको छ । मोरङमा १ जना, सिराहामा २ जना, सर्लाहीमा १ जना, दोलखामा १ जना, मकवानपुरमा १ जना, काठमाडौंमा ३ जना र बाँकेमा १ जनाको मृत्यु भएको प्रवक्ता गौतमले जानकारी थिए ।

कुन जिल्लामा कति संक्रमित ?

प्रवक्ता गौतमका अनुसार थप कोरोना संक्रमित हुनेमा उदयपुरमा १, झापा १६, पाँचथरमा ६, भोजपुरमा १, मोरङमा ३९, सुनसरीमा ६५, सोलुखुम्बुमा १ जना रहेका छन् ।

त्यस्तै धनुषामा ४४, महोत्तरीमा ३, सप्तरीमा १९, सर्लाहीमा २०, सिराहामा ४१ जना संक्रमित भेटिएका छन् । काठमाडौंमा २९३, काभ्रेमामा २८, चितवनमा १९ दोखलामा ३,,धादिङमा ४, भक्तपुरमा १३, मकवानपुरमा ७३, ललितपुरमा २०, सिन्धुपाल्चोकमा ३ र सिन्धुलीमा १ जनामा कारोना संक्रमणको पुष्टि भएको प्रवक्ता गौतमले जानकारी दिए ।

कास्कीमा ३०, गोरखामा १८, तनहुँमा ६, नवलपरासीमा पूर्वमा १६, पर्वतमा १, र लमजुङमा १५ जना थप संक्रमित भेटिएका छन् ।
कपिलवस्तुमा ५,गुल्मीमा ८, नवलपरासीमा २, पाल्पामा ५, प्यूठानमा १, बर्दियामा ४१, बाँकेमा ४२ र रुपन्देहीमा ४१ जना संक्रमित भेटिएको प्रवक्ता गौतमको भनाई छ ।

त्यस्तै कालिकोटमा २, जाजरकोटमा १, जुम्लामा १, दैलेखमा ३, सुर्खेतमा १९ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । त्यस्तै कैलालीमा ३, कञ्चनपुरमा ७, बझाङमा १ र बाजुरामा १ जना कोरोना संक्रमित भेटिएका छन् ।



प्रतिक्रिया दिनुहोस !