धान उत्पादनका लागि गर्नुपर्ने काम र चुनौतिहरु
धान हामी सबैले आफ्नो दैनिक जीवनमा प्रयोग गर्ने एक प्रमुख बाली हो । धानलाई विश्वको प्राय सबै जसो देशमा लगाउने गरिन्छ ।
हामीले खाद्यान्नको रूपमा लगाउने बालीहरू माध्ये धान चाहि दोस्रो स्थान लिएको छ ।
विश्वमा तथा नेपालमा पहिलो स्थान ओगेटेको देखिन्छ । धान नै प्राय सबै मानिसहरूको वर्तमान समयमा खाद्यान्नको स्रोत रहेको छ । यसलाई सबै वर्गका मानिसहरूले आफ्नो दैनिक खाना प्रथम स्थानमा प्रयोग गर्ने गर्दछन् । हाम्रो देश नेपालमा धानको रोपाई चाहि कहिले कम त कहिले बढी क्षेत्रफलमा लगाइएको पाइन्छ ।
सन् २०१९ मा धानको उत्पादन ५४,३१,५४९ मेट्रीक टन भएको थियो जुन २०१८ को तुलनामा १.७% ले कम भएको थियो । क्षेत्रफल हेर्ने हो भने सन् २०१९ मा १४,८०,२८८ हेक्टर र सन् २०१८ मा १४,९१,७४४ हेक्टर धानको रोपाई भएको थियो ।
यो धानको रोपाई कहिले घटनु त कहिले बढनुको कारण देशमा भएको मानिस, मौसम तथा बर्षाको साथै उपलब्ध स्रोत तथा साधन माथि निर्भर गर्दछ । यहाँ हेर्ने हो भने धानको रोपाइँ सन् २०१९ मा बढनुको सट्टा घटेको छ । तर वर्ष २०२० मा चाहि धानको रोपाइँ गतवर्षको तुलनामा ३.२४% अर्थात ५१,७३८ हेक्टर भन्दा बढी क्षेत्रफल धानको रोपाइँ भएको देखिन्छ ।
यस वर्ष धानको रोपाइँ बढी हुनुको प्रमुख कारण चाहिँ छिमेकी राष्ट्र भारत तथा अरु विदेशबाट फर्किएका मानिसहरू घरमै रहेको तथा घरबाट अन्यत्र कुनै ठाउँमा काम गर्न नसक्ने अवस्थामा सिर्जना भएको हुनाले भन्ने अनुमान गर्न सकिन्छ ।
हामी हेर्न सक्छौँ कि मुख्य खाद्यान्न बाली धान खेतीको कुल क्षेत्रफल ९३ लाख ७९ हजार ७०६ हेक्टर मध्ये यो वर्ष ९३ लाख ४६ हजार ९२० हेक्टर क्षेत्रफलमा धान लगाइएको अकडा हाम्रो अगाडि नै छ । यो वर्ष हरेक वर्षको भन्दा ३ % भन्दा बढी क्षेत्रफलमा धानको रोपाई भएको हुनाले पनि रासायनिक मलको समस्या निम्तेको हुन सक्छ भन्ने बुझिन्छ ।
अहिलेसम्म लगभग सबै ठाउँमा धानको रोपाई सकेर धानको बालीको फूल डाठ निस्कने त कतै धान पाक्ने अवस्था पनि रहेको छ । हामी बुझिन सक्छौँ कि जसरी हरेक वर्षको तुलनामा ३ % ले बढी रोपाइँ भएको छ यदि ती सबै धानको राम्रोसँग हेरबिचार, समयमा पानी, खाद, रोग नियन्त्रण तथा कीटहरूको नियन्त्रण गर्न सक्यो भने अवश्य नै गत वर्षको तुलनामा बढी उत्पादन हुने छ र देशमा गत वर्षको तुलनामा अवश्य नै कम चामल विदेशबाट आयात हुन्छ । तर यदि समयमा सबै कुराको व्यवस्थापन गर्न सकिये नभने रोपाई बढी भएर पनि उत्पादन बढ्न सक्दैन ।
जसरी क्षेत्रफत्र बढ्दा मलको अभाव भएको छ त्यस्तो समय बाली सुरक्षामा समस्यामा नहोस् भन्ने हामी सबैले समयमानै सचेत हुनु अति आवश्यक छ । धानको बाला निस्कने समय नजिकिंदै अइरहेको छ र यो देख्नका लागि कति पसिना किसानले बगाएका छन् त कति घाममा शरीर तताएका छन् ।
कति किसानहरूले त्यसलाई पोषण दिनका लागि खाद मिल्ने ठाउँको चक्कर लगाएका छन् । सबै व्यवस्था मिल्यो भने खेतमा सुन फले झै लहलह धानको दृश्य देखिने छ भने लापरवाही गर्यौ भने त्यहीँ ठाउँमा कोइला प्राप्त हुन समय लाग्दैन ।
कुनै पनि काम तथा परिश्रमको प्रतिफल राम्रो पाउनको लागि हरेक समय तथा अवस्थामा सचेत रहनुपर्छ तथा आफ्नो कर्तव्यबाट पछि हटनु हुँदैन । धान बालीको अन्तिम तथा महत्वपूर्ण अवस्थामा जब धानको बाला निस्कन सुरु हुन्छ तब हामी सबैले आफ्नो धानको निरीक्षण गरी कुनै रोग तथा कीराको त प्रकोप भएको छैन त भन्ने कुरा निर्धारण गरि त्यसको समयमा व्यवस्थापन गरि नियन्त्रण गर्नु पर्छ । र, खेतमा पानीको स्तर कायम राख्नुपर्छ । खेत सुख्खा हुन दिनु हुँदैन जबसम्म धानको बाली पकेर सुन जस्तो हुदैन ।
यदि कम्तीमा ८५ दिन देखि बढीमा १३५–१४५ दिनको लामो अवधिको धान खेतको राम्रो रेखदेख गर्दै अन्तिम अवस्थामा लापरवाही गछौँ भने धानको उत्पादन तथा गुणस्तरमा ठूलो गिरावट आउन सक्छ । त्यही भएकाले धानको फूल डाठ निस्कले बेलादेखि खेतको निरीक्षण गर्न अति महत्वपूर्ण हुन्छ । धानको फूल तथा दुधिलो अवस्थामा विभिन्न प्रकारका रोग तथा कीटको प्रकोप हुन्छ जसले गर्दा कहिले काही ३०–५०% सम्मपनि उत्पादन घट्न सक्ने अवस्था आउन सक्छ । धानको बाली तथा गुणस्तरलाई चाहि निम्न लिखित कीराले नोक्सान गर्दछः–
● धानको पतेरो (Rice bug-Leptocorisa acuta): यो कीराको दुईवटा स्पीसीज पाइन्छ । यसको वयस्क कीरा १४–२७ सी.एम.लामो तथा खैरो रंगको हुन्छ । आफ्नो विशेष दुर्गन्धको कारणले यसलाई सजिलै पहिचान गर्न सकिन्छ । यसको वयस्क पोथी किराले १–२ पातमा २५०–३०० वटासम्म अण्डा राख्दछ जुन ५–६ दिनमा नै निम्फमा परिवर्तन हुन्छ ।यो निमफ अति सानो तथा हरियो रंगको हुन्छ जुन ठूलो भएर खैरो रंगमा परिवर्तन हुन्छ र यसको अवधि १३–१७ दिनको हुन्छ ।
क्षतिको लक्षण : यो कीरा अरु धान एवं बाली माथि आफ्नो जीवन यापन गर्न सक्छ । यसले धानको खेतमा परागसेचन भएपछि यसको युवा तथा निम्फ दुइटै नै दाना परिरहेको अवस्थामा बाली माथि आक्रमण गरी दानामा भएको दुध चुस्दछन । यस कीराले गरेको नोक्सान सजिलै पहिचान गर्न सकिन्छ किन कि यस कीराले क्षतिगरेको बालीमा दाना हुँदैन तथा यो कीराले धानको दानामा छेद गरी रस चुस्ने भएकोले दाना माथि खैरो भुरा रंगको धब्बा हुन्छ । यस कीराको अक्रमण बढी भएमा ३०–५०% सम्म उत्पादन घटाउन सक्ने क्षमता राख्दछ ।
नियन्त्रण : यस कीराको नियन्त्रण गर्न एकैसाथ पाक्ने धानका जातहरू लगाउनु पर्छ । प्रकाश पासो तथा डर्टी ट्रयपको प्रयोग गर्नले पनि नियन्त्रण गर्न सकिन्छ । पातमाथि पनि जीवन निर्वाह गर्न सक्ने भएकाले खेतको वारिपारि रहेको बिरुवा आदिलाई नष्ट गर्नु पर्दछ । मित्रजीवलाई संरक्षण गर्नु पर्दछ । आक्रमण बढी भएमा कीटनाशक औषधि विरुवा राम्ररी भिजने गरी छर्नुपर्छ ।
■ गवारो(stem borer ) : यो धानबालीमा क्षति पु¥याउने अरु कीराहरूको तुलनामा सबैभन्दा बढी क्षति पु¥याउने कीरा रहेको छ । यो कीराले चाहि २९% सम्म हानि गर्दछ । तथा यस कीराले दुई अवस्थामा अक्रमण गर्ने गर्दछ एउटा विरुवाको कलिलो अवस्थामा चाहि अर्को फूल फूल्ने अवस्थामा । यो कीरा विरुवाको डाठभित्र रहन्छ । यसको आक्रमणले बालीमा भुस मात्रै हुन्छ तथा मभबम जभबचत समस्या देखा पर्दछ ।
व्यवस्थापन : धानकाटेपछि सम्पूर्ण ठूठा निकाली जलाईदिने तथा पोटास पासोको प्रयोग गर्ने । रोकथामको लागि ट्राइकोग्राम परजीवी ४००००–१००००० प्रति हेक्टरको दरले रोपाई गरेको ३–४हप्ता पनि पछि छोडेन तथा प्रकोप धेरै भएमा कारटापहाइड्रोकलोराइट ४५ जी.आर. या फ्रिप्रोनिल ०.३ % जी.आर. बिषादीको प्रयोग गर्नुपर्छ र बिषादी छारेपछि ४ दिनसम्ममा खेतबाट पानी बगन दिनु हुँदैन साथै मित्र जीवको संरक्षण गर्नु पर्छ ।
● अमेरिकन फौजीे कीरा(ब्Armyworm M Mythimna separata wlk. ): जब धान पाक्न सुरु हुन्छ र धानको पतेरोको समस्या कम हुन्छ तब अचानक यस कीराको प्रकोप देखिन थाल्दछ । चिसो मौसम हुँदा झन् यसको प्रकोप देखिन थाल्छ । यसले रातारात पाकेको धानको बाला काटेर तल झारिदिन्छ ।
यस कीटको लिम्फ १.५ इन्च लामो तथा शरीरमा लम्बाइमा ४ वटा लामो धर्सा हुन्छ, प्राय दिनको समयमा जमिनको साथै विरुवाको कल्लाको बीचमा लुकेर रहेको हुन्छ । खेतमा पानी रहेको बेला पनि पानीको सतह माथि साँझ पर्ने वित्तिकै माथि आएर बालीलाई काट्न सुरु गर्दछ । धान काटिसकेपछि खेतमा रहने समय या खलिहानमा धानको थ्रेसिङभन्दा पहिलासम्म पनि यो किराको प्रकोप देखिन्छ । यो किराको अण्डा अवस्था ५–७ दिन, लार्भा २५–२८ दिन तथा प्यूपामा ८–११ दिनमा रहेर आफ्नो जीवन पुरा गर्ने गर्दछ ।
व्यवस्थापनः धानको रोपाई गरेर तथा खेतमा तथा खेतको वारीपारि रहेको खरपतवारलाई सफा गर्दा यसको प्रकोपलाई काम गर्न सकिन्छ । आक्रमण धेरै भएमा रासायनिकको रूपमा क्लोरपायरीफास २० इसी., क्विनलफास २५ इसी. लाई १.५ लिटर मात्रार डाईकलोरवास ७६ इसी. ०.५ लिटर मात्रालाई ६००–७०० लिटर पानीमा घोलेर प्रति हेक्टरको दरले छर्कन सकिन्छ । या फेथोऐटरफालीडाल २५ केजी. धुलोलाई छर्ने र साँझतिर अँध्यारो हुन लागेको समयमा जब फौजी कीरा विरुवाको माथि आउँछन र त्यो ४–५ वटा प्रति मिटर देखेमा छर्नुपर्छ ।
●फट्याङग्रा(Grass hoper of rice ): यो कीरा हरियो रंगको हुन्छ र यसले पात तथा बालीलाई काट्ने गर्दछ । यसको व्यस्क र निमफ दुवैले धानलाई काट्ने गर्छन् रातमा र दिनमा विरुवाको सतहमा बस्दछन् । यसको पहेलो र खैरो निमफ र वयस्कले धानलाई खाने गर्छन् ।
व्यवस्थापनः यसको प्रकोप हुन नदिनको लागि खेतबारी सफा राख्नुपर्छ र प्रकोप बढी भएमा अल्फामेथ्रिन १०५ इसी. र कृषि प्राविधिकको सल्लाह लएर उपयुक्त कीटनाशकको प्रयोग गर्नु पर्छ ।
सबै कीटनाशक बिषादीहरू खतरनाक तथा स्वास्थ्यमा असर पार्ने भएकाले तिनीहरूको प्रयोग गर्दा सतर्कता अपनाउन अति महत्वपूर्ण हुन्छ । सतर्कता अपनाउदा निम्न कुराहरूमा ध्यान दिनुपर्ने हुन्छ :
- विषादीलाई पानीमा मिसाउदा या स्प्रे गर्दा हातमा ग्लोब, मास्क, चस्मा तथा सबै शरीर ढाकने गरी कपडा जस्ता सुरक्षात्मक पहिरन लगाउनुपर्दछ ।
- सिफारिस गरिएको मात्रामा मात्र विषादीको मात्रा उपयोग गर्नुपर्दछ ।
- विषादी मिसाउदा सफा पानीको प्रयोग गर्नुपर्दछ ।
- टयाङकीलाई कहिले पनि फूल भर्नु हुदैन किन कि टयाङकी भर्दा शरीर माथि चुहिने सम्भावना हुन्छ र यदि शरीरमा विषादीको सम्पर्क भए छाला चिलाउने आदि जस्ता समस्याहरु देखा पर्दछन् ।
- स्प्रे टयाङकीलाई प्रयोगपछि कुनै नदी, तलाउ तथा पोखरी आदि जस्ता पानीको स्रोतमा धुनुहुदैन किनभने यस्ले पानीमा बस्ने जीवजन्तुहरूलाई असर गर्दछ ।
- विषादीलाई केटाकेटीरबच्चाहरूको पहुँचबाट टाढा राख्नुपर्छ ।
- हावा नचलेको बेला हावाको गति तथा दिशा हेरी स्प्रे गर्नुपर्छ ।
- विषादी खेतमा स्प्रे गर्दा कुनै पनि खाने कुरा खानुहुँदैन जस्तैः सुर्ती आदि
- स्प्रे गर्दा खेरी यदि चक्कर आउने, आखाँ तिलमिलाउने, छाला चिलाउने आदि जस्ता समस्याहरु देखा पर्दछन् भने डाक्टरलाई सम्पर्क गरी उपचार गराउनुपर्छ।
- स्प्रे गरिसकेपछि स्प्रेयरको सबै भागलाई खोलेर राम्रोसँग मनतातो पानीले धोएर घाममा सुकाएर राख्नुपर्दछ ।
- विषादीको प्याकेट तथा डिब्बालाई जलाएर खाडल खनि पुरीदिनुपर्छ ।
लेखक बढ्ई, कृषि विज्ञान संस्थान काशी हिन्दू विश्वविद्यालय वाराणसी उत्तर प्रदेश, भारतमा अध्ययनरहत हुनुहुन्छ ।