११ मंसिर २०८१, मंगलबार

अर्घाखाँचीका कोरोना संक्रमित एक व्यक्तिको बाँकेमा उपचारका क्रममा निधन

प्रकाशित मिति :  8 September, 2020 11:43 am


बाँके,२३ भदौ ।

अर्घाखाँचीका कोरोना संक्रमित एक व्यक्तिको बाँकेमा उपचारका क्रममा निधन भएको छ ।

अर्घाखाँचीको शितगंगा नगरपालिका १२ का ४२ वर्षीय पुरुषको उपचारका क्रममा आज विहान मेडिकल कलेज शिक्षण अस्प्ताल कोहलपुरमा निधन भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिएका छन् ।

ट्रिपर चाल रहेका ति पुरुष ट्रिपर दुर्घटनामा परेर रुपन्देहीको भैरहवामा रहेको युनिभर्सल मेडिकल कलेजमा भर्ना भएका थिए ।  स्वास्थ्यमा समस्या आएपछि परीक्षणका क्रममा उनीमा कोरोना पोजेटिभ देखिएको थियो ।

कोरोना संक्रमि देखिएपछि भैरहवामै रहेको भीम अस्पतालमा भर्ना गरेपनि अवस्था नसुध्रिएपछि भदौ ११ गते नेपालगञ्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहलपुर भर्ना गरिएको थियो ।

तर उपचारकै क्रममा निधन भएको  फोकल पर्सन श्रेष्ठले जानकारी दिए । बाँकेमा अहिलेसम्म बाहिरी जिल्लाबाट आएका ३ जनाको मृत्यु भएको छ । यसअघि उपचारका लागि बाँके आएका अछाम र कैलीका कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको थियो ।



प्रतिक्रिया दिनुहोस !