२ कार्तिक २०८१, शुक्रबार

मनोसामाजिक समस्याको सम्बोधन गर्नेगरी अगाडि बढ्न प्रधानमन्त्रीको निर्देशन

प्रकाशित मिति :  8 September, 2020 3:47 pm


काठमाडौं, २३ भदौ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ का कारण सिर्जित मनोसामाजिक समस्याको संबोधन गर्नेगरी तत्कालको योजना बनाएर अघि बढ्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा स्वास्थ्य मन्त्रालय, सम्बद्ध सरकारी अधिकारी र निजी क्षेत्रका निकायहरू बोलाएर छलफल गर्दै यस क्षेत्रमा सक्रिय हुन निर्देशन दिएका हुन् ।

छलफलका क्रममा प्रधानमन्त्री ओलीले निराशा, दिक्दारी, भय र त्रास मुक्त समाज निर्माण गर्नसमेत मनो चिकित्सकहरूको विशेष योगदान हुने बताएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

छलफलमा विज्ञहरूले प्रधानमन्त्रीसमक्ष यतिबेला अपनाउनुपर्ने अल्पकालीन र दीर्घकालीन उपायहरू प्रस्तुत गरेका थिए । विज्ञहरुको सुझाव सुनेपछि प्रधानमन्त्री ओलीले कोभिड १९ को प्रभावविरूद्द व्यापक परामर्श तथा सचेतनता अभियान संचालन गर्न, टेलिभिजन र रेडियोलगायत सञ्चार माध्यमहरूबाट तत्काल परामर्श र चेतना फैलाउनु आवश्यक रहेको बताएका थिए ।



प्रतिक्रिया दिनुहोस !