४ आश्विन २०८१, शुक्रबार

विप्लव नेतृत्वको नेकपाका नेता विरही धनुषाबाट रिहा लगत्तै पक्राउ

प्रकाशित मिति :  8 September, 2020 6:45 pm


काठमाडौं, २३ भदौ ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता अनिल शर्मा ‘विरही’ धनुषाबाट रिहा भएलगत्तै फेरि फक्राउ परेका छन् ।

नेता विरहीलाई धनुषा जिल्ला अदालतले आज १० हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो । तर धरौटी बुझाएर रिहा भएलगत्तै विरहीलाई प्रहरीले फेरि पक्राउ गरेको हो ।

पक्राउ परेका विरहीलाई सुनसरी प्रहरीको जिम्मा लगाइने धनुषा प्रहरीका प्रबक्ता मकेन्द्रकुमार मिश्रले जानकारी गराएका छन् । चितवनको भरतपुर अस्प्तालमा उपचार गराएर डिस्चार्ज भएका विराहीलाई चितवन प्रहरीले अस्पताल परिसरबाटै पक्राउ गरेको थियो ।

पक्राउपछि चितवन प्रहरीले  शनिबार धनुषा प्रहरीको जिम्मा लगाएको थियो । धनुषामा विराही विरुद्ध संगठित अपराध, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विष्फोटक मुद्दा रहेको भन्दै पक्राउ गरिएको थियो । सुनसरीमा पनि सोही प्रकृतिको मुद्धा रहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !