११ मंसिर २०८१, मंगलबार

काँग्रेसका महामन्त्री कोइरालालाई कोरोना सङ्क्रमणको पुष्टि

प्रकाशित मिति :  8 September, 2020 7:20 pm


काठमाडौं,२३ भदौ ।

नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालालाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

परीक्षणका क्रममा आफूमा कोरोना सङ्क्रमण पुष्टि भएको उनले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । महामन्त्री कोइरालालाई हाल स्वास्थ्य सम्बन्धी कुनै समस्या नदेखिएको उनका सहयोगी सुरज उप्रेतीले जानकारी दिए ।

महामन्त्री कोइराला चिकित्सकहरुको सल्लाहअनुसार हाल होम आइसोलेसनमा बसेका छन् । महामन्त्री कोइरालाले आफूसँग प्रत्यक्ष सम्पर्कमा आएका सबैलाई सजगता अपनाउन अनुरोध गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !