३ आश्विन २०८१, बिहिबार

कोरोना नियन्त्रणका लागि भइरहेको खोप परीक्षणमा धक्का,अक्सफोर्ड यूनिभर्सिटीको परीक्षण रोकियो

प्रकाशित मिति :  9 September, 2020 7:46 am


काठमाडौं, २४ भदौ ।

कोरोना भाइरस नियन्त्रणका लागि भइरहेको खोप परीक्षणमा धक्का लागेको छ ।

अक्सफोर्ड यूनिभर्सिटीले परीक्षण गरिरहेको खोपबाट एक व्यक्ति बिरामी भएपछि यसलाई रोकिएको छ । अहिलेसम्म परीक्षणमा सहभागि व्यक्ति बिरामी हुनुको कारण खुल्न सकेको छैन ।

परीक्षणमा सहभागि व्यक्ति किन विरामी भए भन्नेबारे अहिलेसम्म केही पत्ता नलागेको समाचारमा उल्लेख छ । अक्सफोर्ड यूनिभर्सिटीको खोप परीक्षणलाई विश्वभर चासोका साथ हेरिएको छ ।

अहिले विश्वभर एक दर्जन ठाउँहरुमा कारोना भाइरस नियन्त्रणका लागि खोपको परीक्षण चलिरहेको छ जसमा अक्सफोर्ड यूनिभर्सिटीको परीक्षण सबैभन्दा अगाडि रहेको विज्ञहरुको दाबी छ ।

अक्सफोर्डले तेस्रो चरणको परीक्षण गरिरहेको छ र बजारमा सबै भन्दा पहिले आउने अनुमान छ । कोरोना खोपको परीक्षणमा झण्डै ३० हजार मानिस सहभागि छन् ।

बीबीसीका अनुसार विश्वका विभिन्न भागमा चलिरहेको परीक्षण अहिले रोकिएको छ र अब एक स्वतन्त्र जाँच गरेर सुरक्षा मानकको समीक्षा गरिने छ ।

समिक्षापछि नियामक निकायले फेरि परीक्षण सुरु गर्ने वा नगर्ने भन्नेबारे निर्णय गर्ने छ । अक्सफोर्ड यूनिभर्सिटीका प्रवक्ताले भनेका छन्, “एउटा महत्वपूर्ण परीक्षणमा बिरामी भएको आशंका छ तर यसको ध्यानपूर्वक जाँच गर्नका लागि यसको स्वतन्त्र पुनपरीक्षण अति आवश्यक  छ ।”

अक्सफोर्डको दोस्रो पटक खोप परीक्षण रोकिएको छ । ठूला परीक्षणहरुमा यस्ता घटना हुनु सामान्य भन्दै बीबीसीले परीक्षणमा सहभागि व्यक्ति बिरामी भएको खण्डमा अस्पतालमा भर्ना गरिन्छ र बिरामीको कारण पत्ता नलाग्दासम्म परीक्षण रोक्ने प्रचलन हुन्छ ।

 



प्रतिक्रिया दिनुहोस !