३ कार्तिक २०८१, शनिबार

नेपालमा कोरोना संक्रमितको संख्या ५० हजार नाघ्यो

प्रकाशित मिति :  10 September, 2020 4:26 pm


काठमाडौं, २५ भदौ ।

नेपालमा कोरोना संक्रमितको संख्या ५० हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा १२४६ जना थप संक्रमित भेटिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५०,४६५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार २४ घण्टामा ११,१४४ जनामा परीक्षण गर्दा १,२४६ जना संक्रमित भेटिएका हुन् ।

देशर सकृय संक्रमितको संख्या १४,४४८ रहेको छ । १,८१८ जना थप डिस्चार्ज भएपछि अहिलेसम्म कोरोना जित्नेको संख्या ३५,७०० पुगेको    छ । यो कुल संक्रमित संख्याको ७१ प्रतिशत हो ।

कुन जिल्लामा कति थपिए ?

इलाममा २, उदयपुरमा २, खोटाङमा १, झापामा ११, पाँचथरमा ४, भोजपुरमा ३, मोरङमा १६, संखुवासभामा २२, सुनसरीमा २३, धनुषामा २७, पर्सामा ११ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । त्यस्तै बारामा १७, रौतहटमा २, सप्तरीमा ३५, सर्लाहीमा ४२, सिराहमा १ जनामा कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै काठमाडौंमा ४९५, काभ्रोमा ३६, चितवनमा १८, दोलखामा ३, धादिङमा ३, नुवाकोटमा १, भक्तपुरमा ३४, मकवानपुरमा ३५, रामेछापमा २, ललितपुरमा ४३ सिन्धुपाल्चोकमा १, कास्कीमा २१, गोरखामा १, तनहुँमा ५ जनामा संक्रमण देखिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार नवलपरासी पूर्वमा ८, पर्वतमा २, लमजुङमा १, बागलुङमा ९, स्याङ्जामा १२, अर्घाखाँचीमा २, कपिलवस्तुमा ४४, गुल्मीमा ७, दाङमा ४, नवलपरासीमा ३७ जना संक्रमित भेटिएका छन् ।

त्यस्तै पाल्पामा २९, बर्दियामा १०, बाँकेमा ७०, रुपन्देहीमा ५१, रोल्पामा १ जना संक्रमित भेटिएका छन् । रुकुम पश्चिममा ६, सल्यानमा ६, सुर्खेतमा ५, कैलालीमा २१, डोटीमा १, बजुरामा १, बैतडीमा १ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

४ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा कोरोना संक्रमित ४ जनाको मृत्यु भएको छ । जसमा काठमाडौंमा ३ जना, चितवनमा १ जना र कपिलवस्तुमा १ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । यस सँगै कोरोना संक्रमित मृतकको संख्या ३१७ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस !