३ कार्तिक २०८१, शनिबार

‘भेरी कोरोना विशेष अस्पताल’ सञ्चालनमा

प्रकाशित मिति :  10 September, 2020 7:09 pm


बाँके, २५ भदौ ।

‘भेरी कोरोना विशेष अस्पताल’सञ्चालनमा आएको छ । प्रदेश नं ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले अस्पतालको आज शुभारम्भ गर्दै भेरी अस्पताल संघीय सरकार मातहतमा सञ्चालन रहेपनि अस्पताललाई प्रदेश सरकारले आवश्यक सहयोग गर्ने जानकारी दिए ।

विशेष अस्पतालमा सात आइसियू सहित ७२ शैया रहेका छन् । यस अघि अस्पतालमा आठ आइसोलेसन शैया सञ्चालनमा रहेका थिए । प्रदेश सरकारको सहयोगमा सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरामा कोरोना विशेष अस्पताल सञ्चालित छ ।

भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभा सदस्य आइपी खरेल, समाजसेवी मधुसुधन शर्मा, विकास समितिका सदस्य कृष्णप्रसाद श्रेष्ठ, अस्पताल सञ्चालन उपसमितिका संयोजक डा श्यामसुन्दर यादव लगायतले भेरी अस्पतालको विकासका लागि संघीय र प्रदेश सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिएका राससले जनाएको छ ।

भेरी कोरोना विशेष अस्पताल बनाउन नेपालगञ्ज उद्योग वाणिज्य संघ, सांग्रीला विकास बैंक, नेपालगञ्जमा स्वास्थ्य शिक्षा सञ्चालन गर्ने कलेजहरुले सहयोग गरेका छन । अस्पताललाई आवश्यक पर्ने जनशक्ति भने प्रदेश सरकारले व्यवस्था गर्ने जानकारी बाँकेको प्रमुख जिल्ला अधिकारी रामवहादुर कुरुवाङले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !