४ आश्विन २०८१, शुक्रबार

कारोबार दैनिकको व्यवस्थापनलाई महासंघको ४८ घण्टे अल्टिमेटम,दोस्रो चरणको आन्दोलनको तयारी

प्रकाशित मिति :  11 September, 2020 8:44 am


 

काठमाडौं, २६ भदौ ।

कारोबार दैनिकमा श्रमजीवि पत्रकार तथा कर्मचारी दोस्रो चरणको आन्दालनको तयारी गरेका छन् ।

पहिलो चरणमा ५ दिनसम्म धर्ना दिएका उनीहरुले व्यवस्थापन पक्षले अझै वास्ता नगरेको भन्दै थप कडाइका साथ दोस्रो चरणको आन्दोलन घोषणा गर्ने तयारी गरेका हुन् ।

कारोबार दैनिकका पत्रकार तथा कर्मचारीहरुले तीन वर्षपहिले भएको सम्झौता कार्यान्वयन र श्रमजीवि पत्रकार ऐनको पूर्ण लागू हुनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका छन् । हिजो बेलुकी पहिलो चरणको आन्दोलनको समापन गर्दै दोस्रो चरणको आन्दालन घोषणाको तयारी गरेको कारोबार पत्रकार तथा कर्मचारी संघका संयोजक  धर्मेन्द्र कर्णले जानकारी दिए ।

पत्रकार महासंघको ४८ घण्टे अल्टिमेटम

नेपाल पत्रकार महासंघले कारोबारको व्यवस्थापन पक्षलाई श्रमजीवि पत्रकार तथा कर्मचारीको समस्या समाधान गर्न ४८ घण्टाको समय लिएको छ ।

हिजो बेलुकी पहिलो चरणको समान कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका केन्द्रीय सचिव रामप्रसाद दाहालले ४८ घण्टाभित्र वार्तामा आएर समस्या समाधान नगरे परिणाम राम्रो नहुने चेतावनी दिए । उनले भने,“यो यहाँको पत्रकारहरुको मात्रै आन्दोलन होईन यो महासंघ केन्द्रकै आन्दोलन हो । ४८ घण्टाभित्र वार्तामा आएर समस्या समाधान गर्न हामी आग्रह गर्दछौं अन्यता त्यसपछि आउने परिणामको भागिदार स्यमं व्यवस्थापन पक्ष हुने छ ।”

कारोबार दैनिकका पत्रकारको आन्दोलनलाई प्रेस संगठन नेपाल, प्रेस यूनियन, प्रेस नेपाल, क्रान्तिकारी पत्रकार महासंघ लगायत पत्रकार सम्बद्ध संगठनहरुले ऐक्यबद्धता जनाएका छन् ।

सत्तारुढ नेकपा निकट विद्यार्थी संगठनले समेत आन्दोलनमा समर्थन जनाएको छ । अनेरास्ववियूका सहसंयोजक तथा अखिल क्रान्तिकारीका पूर्व अध्यक्ष रन्जित तामाङले पत्रकार तथा कर्मचारीहरुको माग तत्काल सम्बोधन गर्न आग्रह गरे । उनले माग सम्बोधन नगरे सम्भावित गम्भीर दुर्घटनाको भागीदार स्वयं मिडिया हाउसका अध्यक्ष हुने चेतावनी दिए ।



प्रतिक्रिया दिनुहोस !