३ कार्तिक २०८१, शनिबार

प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचार गरिने

प्रकाशित मिति :  11 September, 2020 2:56 pm


पोखरा, २६ भदौ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्लाज्मा थेरापी विधिबाट कोभिड–१९ का संक्रमितको उपचार गर्ने भएको छ । प्रतिष्ठानका निर्देशक सहप्राडा अर्जुन आचार्यले प्लाज्मा थेरापीबाट उपचारका लागि निको भएका संक्रमितलाई रक्तदान गर्न आग्रह गरेका छन् ।

रक्तदान गर्न इच्छुकले प्रतिष्ठान परिसरभित्र रहेको रक्त सञ्चार केन्द्रमा उपस्थित भएर रक्तदान गर्न सक्नेछन् । डा. आचार्यका अनुसार यो विधिको लागि संक्रमितले आफ्नो रिर्पोट नेगेटिभ आएको दुई हप्तामा रक्तदान गर्न सक्नेछन् । यस विधिबाट उपचार गर्दा संक्रमित छिटो निको हुन्छन् ।

त्यसैगरी कोरोना संक्रमितकालागि बनेको रेम्डिसिभर भ्याक्सिन पनि प्रयोग गरीएको डा. आचार्यले जानकारी दिऐ । “हामीले दुई संक्रमितमा यो भ्याक्सिन प्रयोग गरिसकेका छौँ, अरु भ्याक्सिन पनि मगाएका छौँ”, आचार्यले भने ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशममा हालसम्म दुई हजार ७४७ पुगेको छ । शुक्रबार १७ जना नयाँ सङ्क्रमित थपिएका छन् । एकहजार ८१४ जना निको भइसकेका छन् । यस प्रदेशमा ९११ जना सक्रिय संक्रमित छन् । कोरोनाका कारण प्रदेशमा हालसम्म २२ जनाको मृत्यु भएको छ । रासस



प्रतिक्रिया दिनुहोस !