३ कार्तिक २०८१, शनिबार

देशभर थप १,४५४ जनामा कोरोना संक्रमणको पुष्टि

प्रकाशित मिति :  11 September, 2020 4:40 pm


काठमाडौं, २६ भदौ । 

देशभर थप १,४५४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १०,७०१ जनामा पीसीआर परीक्षण गर्दा १,४५४ जनामा कोरोना संक्रमणको पुष्टि भएको जानकारी दिए ।

पछिल्लो २४ घण्टामा ९७२ जना कोरोना निको भएर घर फर्किएपछि कोरोना जित्नेको संख्या ३६,६७२ पुगेको छ । यो कुल संक्रमित संख्याको ७१ प्रतिशत हो । अब देशभर १४,९२५ कोरोना सकृय संख्या रहेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै सङ्क्रमित काठमाडौँ उपत्यकाका छन् । काठमाडौँ जिल्लामा ६२०, ललितपुर र भक्तपुरमा ३८/३८ गरी उपत्यकामा मात्रै ६९६ नयाँ सङ्क्रमित थपिएका छन् ।

यस्तै रुपन्देहीमा १०२, चितवनमा ७४, कैलालीमा ६७, मोरङमा ४७, सुनसरीमा ४४, नवलपरासी ३५, कपिलवस्तुमा २८, सुर्खेतमा २६, गुल्मीमा २०, बाँकेमा १८, झापामा १४, प्युठानमा १३, पाल्पा, सिरहा र सङ्खुवासभामा १२/१२, रुकुमा पूर्व, कास्की र काभ्रेपलाञ्चोकमा ११/११ जना कोरोना संक्रमित भेटिएका छन् ।

सर्लाहीमा ७, डोटी, गोरखा र रौतहटमा ६/६, दाङमा ५, स्याङ्जा र सप्तरीमा ४, रोल्पा र पर्सामा ३/३, कञ्चनपुर, सिन्धुली, सिन्धुपाल्चोक, बारा, महोत्तरी र धनुषामा २/२, जुम्ला, बर्दिया र धादिङमा १/१ सङ्क्रमित थपिएका छन् ।

सक्रिय सङ्क्रमितमध्ये १७० जनाको आइसियू र २५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रणबाट पाँच जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । मोरङका ४० वर्षीया महिला र महोत्तरीका ६५, धनुषाका ४५, काठमाडौँका ७० र नवलपरासीका ५५ वर्षीय पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ३२२ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस !