३ कार्तिक २०८१, शनिबार

काठमाडाैं महानगरमा संक्रमित संख्या पाँच हजार नजिक, वडा नं १५ मा मात्र ४६९ जनामा संक्रमण

प्रकाशित मिति :  12 September, 2020 5:48 pm


काठमाडाैं, २७ भाद्र । 

काठमाडौँ महानगरपालिकामा मात्र कोरोना सङ्क्रमितको सङ्ख्या ४ हजार ८ सय ८६ पुगेकाे छ । हालसम्म परीक्षणमा सबैभन्दा बढी वडा नं १५ मा ४६९ जनामा सङ्क्रमण देखिएको छ ।

कामपा जनस्वास्थ्य महाशाखा प्रमुख हरि कुँवरका अनुसार वडा १६ मा ३६६, वडा ३ मा ३१५ जनामा सङ्क्रमण देखिएको छ । यसैगरी वडा ४, ७, ८, ९, १०, ११, १३, १४, २६, २७, २८, २९, ३१ र ३२ वडामा एक सयभन्दा बढी सङ्क्रमित रहेका छन् ।

हालसम्म कामपाको ३२ वटै वडामा गरी दश हजार ५२९ जनाको कन्ट्याक्ट ट्रेसिङ गरेको छ र ३१ जनाको कोरोनाकै कारण मृत्यु भएको छ ।  सबैभन्दा बढी वडा २७ मा चार जनाको मृत्यु भएको छ । कामपाले परीक्षणको दायरा बढाउनका लागि अहिले हरेक वडामा स्वास्थ्यकर्मीसहित स्वयम्सेवक परिचालन गरेको छ ।

हाल सङ्क्रमित भएकामध्ये एक हजार २६२ जना निको भएका छन् भने तीन हजार १६८ जना उपचाररत रहेको कामपाले जनाएको छ । कामपा जनस्वास्थ्य महाशाखा प्रमुख हरि कुँवरका अनुसार ४७१ जना अस्पतालमा उपचार गराइराखेका छन् भने एक हजार ५२४ होम आइसोलेसनमा र एक हजार २२७ जना संस्थागत आइसोलेसनमा छन् ।

सनिबार मात्र देशभर काेराेनाका कारण १४ जनाकाे मृत्यु भएकाे छ । गत २४ घण्टामा मुलुकभर १ हजार २ सय १ जनामा संक्रमण पुष्टी भएकाे छ ।

 

 



प्रतिक्रिया दिनुहोस !