३ कार्तिक २०८१, शनिबार

सिन्धुपाल्चोकको नागपुजे र भिरखर्कमा पहिरो बस्तिमा खस्दा कम्तिमा १५ जना बेपत्ता

प्रकाशित मिति :  13 September, 2020 8:21 am


काठमाडौं, २८ भदौ ।

सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिकाका नागपुजे र भिरखर्कमा पहिरो खस्दा ठूलो धनजनको क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार क्षतिको पूर्ण विवरण आउन सकेको छैन तर नागपुजेमा ७ घरमा पूर्ण क्षति भएको छ भने कम्तिमा १५ जना सम्पर्कविहिन भएका छन् ।

भीरखर्कमा कम्तिमा १० घर पुरिएको छ । स्थानीय शिक्षक बजीर भण्डारीका अनुसार नागपुजेमा पुरिएका घरका सबै मानिस बेपत्ता छन् । भीरखर्कका पुरिएका घर र बेपत्ता मानिसबारे थप जानकारी आउन बाँकी छ ।

यस वर्ष सिन्धुपाल्चोक बाढीपहिरोले ठूलो क्षति पुराएको छ । घटनाबारे जानकारी आउने वित्तिकै सभामुख अग्नि सापकोटा घटनस्थल तर्फ लागेका छन् । उनी स्थलमार्गबाट घटनास्थल तर्फ लागेको उनका प्रेस संयोजक श्रीधर न्यौपानेले जानकारी गराएका छन् ।

फोटो : बजीर भण्डारीको फेबुकबाट



प्रतिक्रिया दिनुहोस !