३ कार्तिक २०८१, शनिबार

अपडेट : सिन्धुपाल्चोक पहिरोमा परेका ७ जनाको शव भेटियो, सभामुख पहिरो क्षेत्रमा [फोटो फिचर]

प्रकाशित मिति :  13 September, 2020 11:08 am


काठमाडौं, २८ भदौ 

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-७ मा पहिरोमा परेर बेपत्ता भएका मध्य ७ जनाको शव भेटिएको छ ।

बाह्रबिसे नगरपालिकाका मेयर निमफुन्जो शेर्पाले अहिलेसम्म ७ जनाको शव भेटिएको जानकारी दिए । अझै २४ जना सम्पर्कविहिन छन् । बेपत्ता भएकाहरूको प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले खोजी गरिरहेको छ।

पहिरोले नागपुजेमा कम्तीमा आठ घर र भीरखर्कमा कम्तीमा १० घर पुरिएको छ । दुबै ठाउँमा २४ जना सम्पर्कविहिन भएको प्रहरीले जनाएको छ ।

यसैबीच सभामुख अग्नि सापकोटा पहिरो गएको ठाउँमा पुगेका छन्। पहिरोको जानकारी पाएलगत्तै सभामुख महरा आज बिहान काठमाडौंबाट उक्त क्षेत्रमा पुगेका हुन् ।

फोटो : सभामुखको सचिवालय



प्रतिक्रिया दिनुहोस !