३ कार्तिक २०८१, शनिबार

देशभर थप १,०३९ जना कोरोना संक्रमित थपिए,१,१७३ जना निको

प्रकाशित मिति :  13 September, 2020 4:48 pm


काठमाडौं, २८ भदौ । 

देशभर थप १,०३९ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले ९,१६५ जनाको पीसीआर परीक्षण गर्दा १,०३९ जनामा कोरोना संक्रमणको पुष्टि भएको जानकारी दिए । यससंगै कुल संक्रमितको संख्या ५४,१५९ रहेको छ ।

पछिल्लो २४ घण्टामा कोराना जितेर १,१७३ जना घर फर्किएका छन् । यससँगै कोरोना निको हुनेको संख्या ३८,६९७ रहेको छ । अब सकृय संक्रमितको संख्या १५,११७ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कुन जिल्लामा कति संक्रमित ?

उदयपुरमा १, खोटाङमा २, झापामा १, मोरङमा ७१, सुनसरीमा ३ जना कोरोना संक्रमित बनेका छन् । त्यस्तै धनुषामा १४, पर्सामा ४, बारामा ४, महोत्तरीमा ३, रौतहटमा १, सप्तरीमा २, सर्लाहीमा २२, सिराहामा ३ जनामा थप कोरोना संक्रमणको पुष्टि भएको प्रवक्ता गौतमले जानकारी गराएका छन् ।

काठमाडौंमा ४८३, काभ्रेमा १, चितवनमा २७, धादिङमा ३४, नुवाकोटमा ९, भक्तपुरमा ८१, रामेछापमा २, ललितपुरमा ३३, सिन्धुपाल्चोकमा १ जना थप संक्रमित भेटिएका छन् । त्यस्तै कास्कीमा ७, गोरखामा ७, तनहुँमा ७, नवलपरासीपूर्वमा २०, लमजुङमा २७, स्याङ्जामा ५ जना संक्रमित थपिएका छन् ।

कपिलवस्तुमा ४, गुल्मीमा २, दाङमा १, नवलपरासीमा ८, पाल्पामा १, प्यूठानमा २, बर्दियामा ६१, बाँकेमा १७, रुपन्देहीमा ३१ जना कोरोना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्मा रहेको छ ।

कर्णाली प्रदेशमा जुम्लामा २, दैलेखमा १, रुकुप पश्चिममा १, सुर्खेतमा ७ जना संक्रमित थपिएका छन् । अछाममा २, कञ्चनपुरमा १४, कैलालीमा ७, डडेल्धुरामा ३ जना संक्रमित भेटिएका छन् ।

९ संक्रमितको मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । जसमा काठमाडौंमा मात्रै २ महिला र ४ पुरुष छन् । त्यस्तै सिन्धुपाल्चोकका १ पुरुष, मोरङका १ पुरुष, कास्कीकी एक महिलाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससंगै अहिलेसम्म कोरोना संक्रमित ३४५ जनाको मृत्यु भएको छ ।



प्रतिक्रिया दिनुहोस !